# started 2014-09-02T08:17:42Z "\"हिमाल\" लेख यहाँ रिडाइरेक्ट हुन्छ। कृपया लेखको अरू उपयोगका लागि हिमाल (स्पष्टता) हेर्नुहोला। हिमालय एशियामा अवस्थित एक हिमशृङखला हो, जुन दक्षिण-पश्चिमबाट पाकिस्तान, भारत हुँदै तिब्बत, नेपाल र भूटानसम्म फैलिएको छ। हिमालय अफगानिस्तानको हिन्दूकुश हिमशृङखलासँग जोडिएको छ। हिमालय शब्दको उत्पति संस्कृतबाट भएको हो, जसको अर्थ हुन्छ - \"हिउँको बासस्थान\" (संस्कृत हिम् \"हिउँ\", र आलय \"बासस्थान\")।सगरमाथा (८८४८ m), के२ (८६११ m) र कञ्चनजङ्घा (८५८६ m) समेत विश्वकै सर्वोच्च शिखरहरू हिमालयमै अवस्थित छन।"@ne . "चलचित्र, सिनेमा वा फिल्म एक प्रकारको सञ्चार माध्यम हो जसमा चल्ने चित्र र आवाजहरूको प्रयोग गरेर कथालाई प्रस्तुत गरिन्छ। संसारभरका मानिसहरू मनोरञ्जनका लागि चलचित्र हेर्दछन्। धेरैजसो चलचित्रहरू यसरी बनाइन्छ कि ठुला पर्दा भएका सिनेमाघर वा चलचित्र-भवनमा देखाउन सकियोस।१९ औं शताव्दिबाट नै ग्रीक चलचित्रको निर्माणका लागि विभिन्न अनुसन्धान भएतापनि चलचित्रको शुरुवात सन् १९९५मा फ्रान्सबाट भएको हो। जसको निर्माण अगष्ट लुमिएर र लुई लुमिएर नाम गरेका दुई फ्रान्सेली दाजुभाईहरूले गरेका थिए। सन् १८२४मा पिट् मार्क रोगटले 'फोटोहरूलाई नै छिटो–छिटो घुमायो भने वास्तवमै चलिरहेको (मूभ) भ्रम दिन सक्छ' भन्ने धारणा राखेपछि 'मूभी'का बारे सोच्न र काम गर्न थालियो। सन् १८९५मा यसै सिद्धान्तमा आधारित रहेर लुमियर दाजुभाइले एउटा कारखानाको तस्वीरहरू खिचेर 'मूभिङ इमेज'का रूपमा प्रस्तुत गरे। शुरूका यस्ता मूभीमा ध्वनि हुँदैनथे। १९२७मा बनेको 'द ज्याज् सिंगर' ध्वनिसहितको पहिलो मूभी हुन पुग्यो। त्यसअघि नै १९१३मा भारतमा दादा साहेब फाल्केले 'राजा हरिश्चन्द्र' नामक अमूक (ध्वनि नभएको) चलचित्र बनाएर एशियामा सिनेमा सम्बन्धी उत्सुकता बढाइसकेका थिए।नेपाली भाषामा वि सं २००६मा मात्रै चलचित्र बने पनि , नेपाली लाई चलचित्रको परिचय गराउने श्रेय तत्कालिन प्रधान मन्त्रि देव शमसेर लाई जान्छ | वि सं १९५८ तिर नै टुडिखेलमा उन्ले तमासाको रूपमा 'मुभी' देखाउन लगाएका प्रमाणहरू देखिन्छ| यसको विग्यापन गोर्खापत्रको पहिलो अंकमा देख्न पाईन्छ|"@ne . "मिश्रका पिरामिडहरू, जस मध्ये केही सैबै भन्दा ठूला मानव निर्मित संरचना कहल्लिएका छन, प्राचिन मिश्र सभ्यताका सबैभन्दा अटल एवम् बलिया प्रतिक हुन्।सामान्यतया धेरैजसो पुरातत्वविदहरू के मान्छन् भने, यिनीहरूको निर्माण राजकिय, सौर्य र ज्योतिष चलनहरू सँग सम्बन्धित अन्त्येष्ठी (लाश गाढ्ने) स्मारकहरूको रूपमा गरिएको हो। र धेरैजसोको निर्माण पुरानो र मध्य अधिराज्यको समयमा गरिएको हो।"@ne . "हिन्दू धर्म वा सनातन (धेरै समयदेखि चलिआएको) धर्म विश्वकै पहिलो धर्म मानिन्छ, जुन हालसम्म चलिआएको छ। हिन्दू धर्मको विशेषता यस भित्रका बिभिन्न आस्था र विश्वासका श्रोत हुन्। यसको उत्पति पुरातन वैदिक संस्कृतिबाट, इशापूर्व २००० भन्दा पहिले भएको मानिन्छ।सङ्ख्याको हिसाबले यो विश्वको तेस्रो ठूलो धर्म हो जसका अनुयायीहरूको सङ्ख्या करिब १.०५ अर्ब छ। जस मध्ये ९६% दक्षिण एशियामा छन्।"@ne . "गुगल संयुक्त एक अमेरिकी बहुराष्ट्रिय सार्वजनिक कम्पनी हो, जसले इन्टरनेट सर्च, क्लाउड कम्प्युटिङ, र विज्ञापन प्रविधी जस्ता इन्टरनेटसंग सम्बन्धित सामग्री र सेवा उपन्ब्ध गराउँछ। र यसले मुख्यतया आफ्नो विज्ञापन प्रोग्राम एडवर्ड्सबाट मुनाफा कमाउँछ।"@ne . "राष्ट्रिय गान सामान्यतया देशभक्तिले भरिपूर्ण गीत हो जसले इतिहास, संस्कृति, जनताको सङ्घर्षलाई बयान गर्छ र त्यस देशको सरकारले आधिकारिक मान्यता दिएर अथवा जनमानसवीचको चलनचल्तिले प्रमुख राष्ट्रिय गीतको रूप लिएको हुन्छ।यो लेख नेपालको राष्ट्रिय गानको बारेमा हो। सन् २००६ मे १९को प्रतिनिधि सभा घोषणाले त्यतिखेरको राष्ट्रिय गान \"श्री मान् गम्भिर\" लाई निलम्वन गरेको थियो र नयाँ गानको चयन भईसकेको छ।।"@ne . "संगीत मानिसको आवाज वा विशेष उपकरणहरू, जस्तै सितार, गितार, भायोलिन वा ड्रम आदिबाट धुन निकाल्ने एक कला हो।संगीतमा, ध्वनीहरूलाई समयानुसार मिलाएर मनपर्दो नतीजा निकालिन्छ। संगीत धेरै किसिमका छन् ।"@ne . "थोमस जेफरी ह्याङ्क्स (जन्म जुलाई ९ १९५६) एक अमेरिकी अभिनेता हुन् जो लोकप्रिय एवं उत्कृष्ठ समालोचित चलचित्रहरूमा उल्लेख्य भूमिका खेलेर सुप्रसिद्द छन्। उनले आफ्नो अभिनय क्षमताका लागि प्रसिद्दि पाएका छन, र उनी फरेस्ट गम्पको निमुखो देखि, फिलाडेल्फियाको प्रेरणादायी नेत्रित्व र, अपोलो १३को डटि रहने कमाण्डर सम्मका धेरै प्रकारका भूमिका निभाउन सक्षम छन्। ह्याङ्क्स सामान्यतया प्रेरणादायी असल ब्यक्तिको भूमिका न्यानोपनका साथ निभाउन सक्षम छन्, तर रोड टु पर्डिशनमा ज्यानमाराको भूमिका खेल्न पनि उत्तिकै सक्षम छन्।ह्याङ्क्सले सुरु सुरुमा धेरैजसो हास्यहरूमा अभिनय गरेता पनि, पछि हास्यबाट टाढिदै बढि गम्भिर नाट्य बनाउन सुरुगरे। तैपनि, हालसालका बर्षहरूमा उनी आफ्नो पुरानै हास्यव्यङ्गको जरो तिर फर्कँदै, धेरै हास्यहरूमा खेल्न पुगेका छन्।ह्याङ्क्स अहिलेका सबैभन्दा खोजिने मुख्य अभिनेताहरू मध्येका एक हुन्। हालैका दुई चलचित्रका लागि उनको पारिश्रमिक प्रत्येकको २ करोड अमेरिकी डलर (लगभग, रु १ अर्ब ४० करोड) थियो। फरेस्ट गम्पको लोकप्रिय मुख्य भूमिकाको लागि उनले ७ करोड अमेरिकी डलर (लगभग रु. "@ne . "कुनै भाषाका शास्त्रसमूहलाई साहित्य भन्न सक्छौं।"@ne . "भूगोल दुई शब्द भू अनि गोल बाट मिलेर बनेको छ, अर्थात गोलो भूमि अथवा जमीन अर्थात पृथ्वी। पृथ्वी, भूमि र पृथ्वीमाथी अथवा पृथ्वी मुनी रहेको विभिन्न अवयव र तत्वहरूको विश्लेशण गराउने शास्त्र नै भूगोल शास्त्र अथवा भूगोल भनिन्छ। अङ्ग्रेजीमा भूगोललाई भनिन्छ। शब्दले नै स्पष्ट पारेको छ Geo अर्थात भूमि Graphy अर्थात अध्ययन। भूमिको अध्ययनलाई भूगोल भनियेको छ। भूगोलको अध्ययनमा नदी-नाला, पहाड़-झरना, माटो-जंगल, ढुंगा-मूढा आदि आउदछन।विभिन्न स्थानको विश्लेशणको लागि भूगोल शास्त्रमा हामीलाई विभिन्न नक्शाहरूको आवश्यकता हुन्छन्।विश्वका राष्ट्र र भूगोल"@ne . "चन्द्रगुप्त मौर्य (३१९-३३५) एक गुप्तवंशीय भारतीय सम्राट थिए। उनको समयमा भारतले निकै विकास गरेको थियो र उनको राज्यको दूतहरू युनानी दखरु सम्म फैलिएका थिए।"@ne . "ऋग्वेद सनातन धर्म अथवा हिन्दू धर्मको स्रोत छ। यसमा १०२८ सूक्त छन्, जसमा देवताहरूको स्तुति गरिएको छ। यसमा देवताहरूको यज्ञमा आह्वान गर्नका लागि मन्त्र छन्, यही सर्वप्रथम वेद हो। ऋग्वेदलाई संसारका सबै इतिहासकार